ताजा समाचार

Nepal Belgium Youth Club (NBYC) र सांग्रिला सोसाइटी लुवेनको संयुक्त आयोजना दिप प्रजवलन कार्यक्रम सम्पन्न

गत शनिबार नेपालमा आएको भुकम्पमा परि ज्यान गुमाएकाहरुको आत्मा प्रति चिर- शान्ति तथा शोक श्रन्दान्जली प्रकट गर्दै अप्रिल २७ गते बुधबारको दिन साँझ ७ बजे देखि ९ बजे सम्म लुवेनको Grote Markt मा बेल्जियमका नेपाली युवाहरुको क्लब Nepal Belgium Youth Club (NBYC) र सांग्रिला सोसाइटी लुवेनको संयुक्त आयोजना दिप प्रजवलन कार्यक्रम सम्पन्न भएको छ। नेपाली राजदूत राममणि पोख्रेल , लुवेन सहरको संस्कृति – बिबिधता मामिलाका डेनिस भान डे भॊर्त , बेल्जियम स्थित विभिन्न संघ संस्थाका पधाधिकारी तथा नेपाली युवा – युवतीहरुको उल्लेखनीय उपस्तिथी रहेको थियो। दिप प्रजवलन को लागि दिप आयोजकले नै उपलब्ध गराईएको थियो। उपस्तिथित हुनु भएकाहरुले आफ्नो चाहना अनुसारको आर्थिक सहयोग गर्नु भएको थियो। भुकम्प पिडित सहयोगार्थ Nepal Belgium Youth Club (NBYC) ले पनि राहत संकलन गरिरहेको छ। यस क्लबको बारेमा थप जानकारी लिन उनीहरु फेसबुकमा हेर्न सक्नुहुनेछ। https://www.facebook.com/NepalBelgiumYouthClub

नवराज थापा
लुवेन नेपाल

Leave a comment

Your email address will not be published.

*