ताजा समाचार

२ अगस्ट २०१५ आइतबारको दिन लुवेनमा Hapje Tapje हुदै

 

HapjeTapje

 

२ अगस्ट २०१५ आइतबारको दिन लुवेनमा Hapje Tapje हुदै

 

हरेक वर्ष झैँ यस वर्ष पनि लुवेन सहरमा Hapje Tapje (खाने तथा पिउने मेला) २ अगस्ट २०१५ आइतबारको दिन हुने भएको छ। विभिन्न स्वादिष्ट परिकारका साथ लुवेनका ४४ ओटा रेस्टुरेन्ट तथा क्याफेले सहभागिता जनाउने छन् भने खानाको शुल्क बढीमा ४ युरो हुनेछ।

बेल्जियमका विभिन्न बियर सहित लुवेनको Oude Markt मा Biermarkt लाग्नेछ र 15 cl को गिलास ५ युरोमा भाडामा लिएर बियर चाख्न सक्नु हुनेछ साथै Stella बियर Tap देखि गिलासमा भर्न अनुभव लिन सक्नेछन्।
विभिन्न स्वादिष्ट परिकार, पेय पदार्थका साथै बेल्जियमका चर्चित गायक Stan Van Samang, नेदरल्याण्ड भाषामा गाउने चर्चित ब्याण्ड FRIMOUT तथा अन्य कलाकारहरुको प्रस्तुतिबाट मनोरंजन लिन सक्नेछन्।
Grote Markt मा De njam (कुकिंग टी.भी.च्यानल) का सेफ कुकहरुले ” Showcooking ” गरेको प्रत्यक्ष हेर्न सकिनेछ।
यसपालि पनि नेपाली रेस्टुरेन्टहरु Sakura, Masalatop, Himalaya, O Fado, Namaste र Wabi Sabi Sushi लगायतले पनि आफ्नो सहभागिता जनाउने छन्।

 

नवराज थापा
लुवेन नेपाल ( Leuven Nepal )

Leave a comment

Your email address will not be published.

*