ताजा समाचार

विश्व मगर संघ बेल्जियमले गर्यो लुवेनमा सहरमा सर- सफाई

                    हरेक बर्ष Stad Leuven को आयोजनामा हुने “Opruimactie ” सर- सफाई कार्यक्रममा विश्व मगर संघ बेल्जियमले सहभागिता जनाएको छ । २१ र २२ मार्च दुई दिन सम्म चलेको यस कार्यक्रममा विश्व मगर संघ बेल्जियमले Diestsestraat , Rijschoolstraat लगाएत अल्दी सुपरमार्केट नजिक अन्य स्ट्रातहरुमा सर-सफाई गरेको थियो ।

Opruimactie भनेको के हो ?
यो यस्तॊ कार्यक्रम हो जसबाट लुवेन सहरलाई सफा सुघर मात्र होइन यसले यहाँका बासिन्दाहरुलाई बातावरण बारे पनि सचेत गराउदछ। अन्यत्र छरिएको फोहरले सहर कुरुप तथा बातावरणमा क्षति पुराउदछ।

क – कसले भाग लिन सक्दछ ?
लुवेन सहरमा बैधानिक रुपले दर्ता भएको संघ संस्थाहरु तथा स्ट्रातको समूहहरुले सहभागिता जनाउन सक्दछ। Stad Leuven को कार्यालयले हरेक वर्ष लुवेन स्थित संघ संस्थाहरुलाई स्वत निमन्त्रणा गर्ने गर्दछ।

सहभागी भए बापत के छ त ?
सहभागी संघ – संस्थालाई एक स्थान तोकिदिनेछ जहाँ उनीहरुले सर – सफाई गर्नुपर्ने हुन्छ। संघ – संस्थाले सर – सफाई गरेको समय (घण्टा) को आधारमा Stad Leuven को तर्फ बाट आर्थिक सहायता प्राप्त गर्दछ। सहभागी हुने हरेक व्यक्तिले बिशेष फोहर फाल्ने झोला, पन्जा, फ्लुओ ज्याकेट आदि सामान पाउने छ।

थप जानकारी चाहिएमा Stad Leuven को Dienst duurzaam beleid मा सम्पर्क गर्न सक्नुहुनेछ।

नवराज थापा, लुवेन नेपाल

Leave a comment

Your email address will not be published.

*