लोक दोहोरी गायिका देबी घर्ती मगर तथा गायक याम क्षेत्रीको साथमा लोक दोहोरी कार्यक्रम लुवेनमा हुदै
आदरणीय बेल्जियमबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, साँग्रीला समाज बेल्जियमको आयोजनामा बिगतका बर्षहरु जस्तै यस बर्ष पनि आगामी ०४ जूलाई २०१६ सोमबारका दिन नेपालका ख्याती प्राप्त दोहोरी गायिका देबी घर्ती मगर तथा गायक याम क्षेत्रीको उपस्थितिमा भब्य दोहोरी गित तथा बिबिध सांस्कृतिक “च्यारीटी” कार्यक्रमको आयोजना गरिएको हुदा बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु, नेपाली दाजू भाई दिदि बहिनीहरुमा उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौ । साथै उक्त च्यारीटी कार्यक्रम मार्फत नेपालको पर्वत जिल्लाको नाग्लीवाङ स्थित स्थानीय बिद्यालय लाई कम्पियुटर सहयोग गरिने समेत जानकारी गराउदछौ ।
मिति:- ०४ जूलाई २०१६ ( सोमबार )
समय:- बेलुका ठिक १७:०० बजे बाट शुरु
स्थान:- Fonteinstraat 1/A, 3000 Leuven (चेस क्याफे)
प्रवेश शुल्क :- €12
आयोजक:- साँग्रीला समाज, बेल्जियम
नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल / Leuven Nepal
Leave a comment