ताजा समाचार

लुवेनमा ” अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन ” संगै खण्डकाव्य तथा मुक्तक संग्रहको विमोचन सम्पन्न

 

Inls 2015-2 © फोटो – Tshering Doma Soetewey / Leuven Nepal

 

अनेसास बेल्जियमद्वारा आयोजित ” अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन ” लुवेन सहरमा १६ अगष्ट आइतबारको दिन भव्य रुपमा सम्पन्न भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्त ज्यूको प्रमुख आतिथ्यमा दिप प्रज्वल्लन गरि सुरु भएको यस कार्यक्रममा मधुपर्कका सम्पादक एंव सहित्यकार श्रीओम श्रेष्ठ रोदन, बरिष्ठ समालोचक प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल, एनआरएन पूर्वअध्यक्ष जीवा लामिछाने, अनेसासका सँस्थापक केन्द्रीय अध्यक्ष होमनाथ सुवेदी, वर्तमान केन्द्रीय अध्यक्ष पदम वि.क., उपाध्यक्ष सुमल कुमार गुुरुङ, अनेसास बेल्जियमका सँस्थापक अध्यक्ष कृष्ण बजगाई, एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ तथा अन्य पहुनाहरुले सहभागिता जनाउनु भएको थियो। बेल्जियम तथा युरोपका अन्य देशहरुबाट पाल्नुभएका साहित्यकारहरुले आफ्नो श्रृजनात्मक रचना प्रस्तुत गरेका थिए भने अनेसास बेल्जियमका अध्यक्ष दिपेन्द्र के.सी.को खण्डकाव्य “अनुभूतिका अक्षरहरु “, स्रष्टा बिमल गिरीको मुक्तक संग्रह ” स्पन्दनका छालहरू ” तथा स्रष्टा सौरभ करंजितका ” छरिएका सौरभ ” नामक मुक्तक संग्रहको बिमोचन भएको थियो।

एनआरएन बेल्यिजम, साँग्रिला समाज लुभेन, इन्द्रधनुष क्लव लुभेन, हिमालयन सोसाइटी सिन्त्रोदेन र नेपाली समुदाय परिवार गेण्ट सह-आयोजक थिए। कार्यक्रमको सन्चालन अनेसास बेल्जियमका महासचिव दीपकज्योति पौडेलले गर्नु भएको थियो।

नवराज थापा
लुवेन नेपाल ( Leuven Nepal )

1 Comment on लुवेनमा ” अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन ” संगै खण्डकाव्य तथा मुक्तक संग्रहको विमोचन सम्पन्न

  1. mohan acharya jalad // August 20, 2015 at 7:00 am // Reply

    ati raamro kaaryakram .jehos europeko yo ati sundar hunechh samjnaama

Leave a comment

Your email address will not be published.

*