ताजा समाचार

यसपालिको ” MONA DANCE IDOL 2015 ” दिक्ष्या गुरुङले जितिन्

DSC_6093 DSC_6085 © फोटो – Nawraj Thapa/ लुवेन नेपाल

यसपालिको ” MONA DANCE IDOL 2015 ” दिक्ष्या गुरुङले जितिन्

भुकम्प पीडितका लागि समर्पित यसपालिको ” MONA DANCE IDOL 2015 ” भव्य रुपमा बेर्खेम (आन्त्वेर्पेन) मा सम्पन्न भएको छ। यसपालिको ” MONA DANCE IDOL 2015 ” मा प्रथम हुन दिक्ष्या गुरुङ सफल भईन र दोस्रो स्थानमा रोशनी के.सी. तथा तेस्रो स्थानमा सरिना पौडेल आउन सफल भईन। तोकिएको समय भने ढिलो गरि सुरु भए पनि १० जना प्रतियोगीहरु सहभागित यस कार्यक्रम निकै रोमान्चक र उत्साहपूर्ण थियो। ENAA बेल्जियमको डान्स स्कूलका बालबालिकाहरुले पनि आफ्नो नृत्य लिएर आएका थिए। दर्शकहरुको उपस्तिथी निकै नै धेरै हुनाले मोना बेल्जियमका स्वयम सेवकहरु यसलाई व्यवस्थित बनाउन लागिपरेका थिए। यस कार्यक्रमको प्रमुख अतिथिको रुपमा एनआरएनए यूरोपका संयोजक अर्जुन कुमार श्रेष्ठ ज्यू हुनुहुन्थ्यो। एनआरएनए यूरोपका संयोजक अर्जुन कुमार श्रेष्ठ, मोना बेल्जियमका अध्यक्ष चन्द्रबहादुर कार्की, एन आर एन आइ सि सि सदस्य तथा मोना बेल्जियमका संस्थापक अध्यक्ष शिव कुमार बरुवाल र मोना बेल्जियमका उपाध्यक्ष गणेश भण्डारी लगाएतले आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थियो। निकै प्रतिस्प्रधात्मक रहेको यस प्रतियोगिताको निर्णायक मण्डलीमा नेदरलाण्डबाट ईनासका अध्यक्ष पुष्प बरुवाल, डेनमार्कबाट शन्त थापा तथा युक़े.बाट कविता गुरुङ हुनुहुन्थ्यो।

भुकम्प पीडित समर्पित यस कार्यक्रमका लागि हल, साउण्ड सिस्टम, खाना, प्यय पदार्थको प्रायोजन सहयोगी नेपाली हातहरुले गर्नुभएको थियो भने प्रथम  पुरस्कार ५७५ युरोको प्रायोजन एन आर एन ए आइ सि सि युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ ज्यूले गर्नु भएको थियो तथा दोस्रो पुरस्कार ३७५ युरोको प्रायोजन एन आर एन आइ सि सि सदस्य तथा मोना बेल्जियमका संस्थापक अध्यक्ष शिव कुमार बरुवाल ज्यू गर्नु भएको थियो र तेस्रो पुरस्कार २७५ युरोको प्रायोजन ब्रुग्गे निवासी कमल भारतीले गर्नु भएको थियो।
सोहि कार्यक्रमको दिन भुकम्प पश्चात म्याग्दीमा पहिरो जानाले कालिगण्डकी नदि थुनिएको कारण त्यसबाट हुन सक्ने खतराक कारण म्याग्दीबासी तथा सम्पूर्ण नेपालीहरुमा निरासपना देखिन्थ्यो। भुकम्प पिडित सहयोगार्थ यस कार्यक्रममा नेपाली तथा बिदेशी नागरिकहरुले खुशीका साथ आफ्नो मन खोलेर दुखद घडीबाट गुज्रिरहेका नेपालीहरुको निम्ति आर्थिक सहयोग दिईरहेका थिए। मोना बेल्जियमका अनुसार यस कार्यक्रमबाट संकलित रकम भुकम्पबाट पीडित क्षेत्रको पुनर्निर्माण कार्यमा जानेछ।

यस कार्यक्रमलाई संचालन गर्न निम्ति नया पुस्तालाई हस्तान्तरण गरिएको थियो जसमा म्याग्दी कै सम्झना कार्की तथा बिबेक कार्कीले निकै कुसलता पुर्वक संचालन गरेका थिए।

यस ” MONA DANCE IDOL 2015 ” मा प्रथम स्थानमा दिक्ष्या गुरुङ, दोस्रो स्थानमा रोशनी के.सी. तथा तेस्रो स्थानमा सरिना पौडेल आउन सफल हुनुभएका प्रतियोगीहरुलाई लुवेन नेपालको तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।

नवराज थापा
लुवेन नेपाल

Leave a comment

Your email address will not be published.

*