ताजा समाचार

मोना बेल्जियमको ” MONA DANCE IDOL 2015 ” २४ मे २०१५ को दिन बेर्खेम (आन्त्वेर्पेन) मा हुने

Mona Belgium

मोना बेल्जियमको ” MONA DANCE IDOL 2015 ” २४ मे २०१५ को दिन बेर्खेम (आन्त्वेर्पेन) मा हुने

बेल्जियम स्थित प्रवासी म्याग्देलीहरुको संस्था मोना बेल्जियमले बिगतका वर्ष र्झैँ यस वर्ष पनि ” MONA DANCE IDOL 2015 ” को आयोजना गर्ने भएको छ। २४ मे २०१५ आइतबारको दिन बेर्खेम (आन्त्वेर्पेन) मा हुने यस नृत्य प्रतियोगिता कार्यक्रम पूर्ण रुपमा भुकम्प पीडितका लागि समर्पित रहनेछ। यस कार्यक्रमबाट संकलित रकम भुकम्पबाट पीडित क्षेत्रको पुनर्निर्माण कार्यमा जानेछ। अहिलेसम्म १३ जना प्रतियोगीहरुले आफ्नो नाम दर्ता गरिसक्नु भएको छ भने अझै १/२ जना बढ्न सक्ने भनि मोना बेल्जियमको पूर्व अध्यक्ष योगेन्द्र श्रेष्ठ ज्यूले जानकारी गराउनु भएको छ। यसका साथै बेल्जियम लगायत सम्पुर्ण यूरोपबासी नेपालीहरु समक्ष यस कार्यक्रममा उपस्तिथीको लागि मोना बेल्जियमले हार्दिक अनुरोध गरेको छ।

आइतबार २४ मे २०१५
टिकेट :१५ € (खाना सहित)
समय : दिउसोको १ बजे देखि
स्थान :Zaal Rubens, Statiestraat 175, 2600 Berchem

नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल

Leave a comment

Your email address will not be published.

*