ताजा समाचार

भूकम्प पिडीत सहयोगार्थ “Charity Cultural Event 2015″ १७ मे आइतबारको दिन हुने

 

ENAA

भूकम्प पिडीत सहयोगार्थ “Charity Cultural Event 2015″ १७ मे आइतबारको दिन हुने

गत बैशाख १२ गते नेपालमा गएको विनासकारी भूकम्पका कारण हजारौ निर्दोष मानिसहरुले ज्यान गुमाउनु परेको छ भने ठुलो जनधनको पनि क्षति भएको छ तथा लाखौ मानिसहरु बिस्थापित हुनुपरेको छ।यस भुकम्पमा परि ज्यान गुमाएकाहरुको आत्मा प्रति चिर- शान्ति तथा शोक श्रन्दान्जली प्रकट गर्दै बिस्थापित भएकाहरुलाई सहयोग गर्न को निम्ती राहत संकलन गर्ने भावना स्वरूप ENAA Belgium तथा सम्पूर्ण लुवेनबासी नेपालीको संयुक्त आयोजनामा Kessel Lo को ” Feestzalen De Kring” मा यहि आउँदो १७ मे २०१५ आइतबारको दिन “Charity Cultural Event 2015″ कार्यक्रम हुने भएको छ। यस कार्यक्रमका आयोजकले बेल्जियम स्थित रहेका विभिन्न संघ-संस्थाहरु, ब्यबसायी ज्युहरु, तथा विभिन्न प्रायोजनमा यहाँ बसोबास गर्दै आउनुभएका महानुभाबहरुमा उक्त दिन कार्यक्रममा उपस्थित हुनुभई नेपाल र नेपालीहरुको दुखमा एक्यबद्दता जनाई दिनहुनको लागि हार्दिक आग्रह पनि गरेको छ।
आयोजक
ENAA Belgium तथा सम्पूर्ण लुवेनबासी नेपाली
समय :- दिउसो ३ बजे
मिति :- १७ मे २०१५ आईत बार
स्थान :- Feestzalen De Kring
Jozef Pierrestraat 60, 3010 Kessel Lo, Belgium

नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल

Leave a comment

Your email address will not be published.

*