ताजा समाचार

भूकम्प पिडीत सहयोगार्थ “Charity Cultural Event 2015″ Kessel-Lo मा सम्पन्न

DSC_5497.jpg Copyright © Leuven Nepal – Photo’s by Tshering Doma Soetewey

भूकम्प पिडीत सहयोगार्थ “Charity Cultural Event 2015″ Kessel-Lo मा सम्पन्न

नेपालमा गएको विनासकारी भूकम्पबाट बिस्थापित भएकाहरुलाई सहयोग गर्नको निम्ती राहत संकलन गर्ने भावना स्वरूप ENAA Belgium तथा सम्पूर्ण लुवेनबासी नेपालीको संयुक्त आयोजनामा Kessel-Lo को ” Feestzalen De Kring ” मा “Charity Cultural Event 2015″ सम्पन्न भएको छ। नेपालको राष्ट्रिय गीत गाएर कार्यक्रमको सुरुवात भएको थियो भने भुकम्पमा परि ज्यान गुमाएकाहरुको आत्मा प्रति चिर- शान्ति तथा शोक श्रन्दान्जली प्रकट गर्दै एक मिनेटको लागि मौन धारण गरिएको थियो। यस कार्यक्रममा नेपाली संगै बेल्जियमका नागरिक तथा अन्य देशका नागरिकको पनि उपस्तिथी थियो। एनआरएनए यूरोपका संयोजक अर्जुन कुमार श्रेष्ठ, एनआरएनए बेल्जियमका अध्यक्ष प्रेम गुरुङ, लुवेन सहरको संस्कृति – बिबिधता मामिलाका डेनिस भान डे भॊर्त तथा ENAA Belgium का अध्यक्ष पदम गुरुङ लगाएतले आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थियो। युरो नेपाल कलाकार संघ बेल्जियम (ENAA) का कलाकारहरु तथा ENAA Belgium Dance School का बाल बालिकाहरुले नेपाली संस्कृतिक झल्काउने नृत्य गर्दा नेपालमय भएको थियो साथै स्थानीय कलाकारहरु बलराम पुन, जिम्मी गुरुङ, नारायण धिताल, दुर्गा काजी शाक्य र बेल्जियमका युवा प्रतिभा लाउरे कान्छा (Arjun Shahi) ले आफ्नो सांगीतिक कोसेली प्रस्तुत गरेका थिए। कार्यक्रमको संचालन मुना ताम्राकारले नेपालीमा तथा प्रियंका गुरुङले यहाँको नेदेर्लान्ड्स भाषामा संचालन गरेका थिए।
यस परोपकारी कार्यक्रमको निम्ति खाना ,पेय पदार्थ आदिको प्रायोजना बिभिन्न पसल तथा नेपालीहरुले गरेका थिए। यस कार्यक्रममा संकलित रकम NRN Belgium को राहत कोषलाई प्रदान गरिनेछ।

यस कार्यक्रमको थप फोटोको लागि यहाँ क्लिक गर्नुहोस। 

नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल

Leave a comment

Your email address will not be published.

*