ताजा समाचार

भूकम्प पिडीत सहयोगार्थ बेल्जियमका नागरिकको “Bikers For Nepal″ ले गरे मोटरसाइकल टुर

DSC_5468 DSC_5329.jpg

Copyright © Leuven Nepal – Photo’s by Nawraj Thapa & Tshering Doma Soetewey

 

भूकम्प पिडीत सहयोगार्थ बेल्जियमका नागरिकको “Bikers For Nepal″ ले गरे मोटरसाइकल टुर

१७ मे २०१५ आइतबारको दिन १२० किलोमीटरको मोटरसाइकल टुर Kessel-Lo को School De Ark 3 स्कूलबाट सुरु भै Beauvechain, Hoeilaart र Duisburg हुदै Tervuren सहरमा पुगी अन्त्य भएको थियो। बेल्जियमको टेलीभीजन च्यानलका प्रस्तोता Ben Roelants ले Johan Schots र Dirk Cludts संग मिलेर भूकम्प पिडीत सहयोगार्थ “Bikers For Nepal″ आयोजना गरेका थिए। १४४ जना मोटर साइकलिस्टले आफ्नो सहभागिता जनाएका थिए भने यस कार्यक्रमबाट २५४० यूरो संकलन भएको थियो जुन रकम बेल्जियमको S.O.S Nepal मा हस्तान्तरण गरिएको छ। नेपाल र नेपालीहरुलाई यस्तो अवस्था आइपरेको देख्दा उनीहरुको आँखामा धेरै दुखाद्पना प्रस्ट देखिन्थ्यो तर नेपाल र नेपालीहरुको लागि सहयोग गर्न पाउँदा त्यस दिन उनीहरु धेरै उत्साहित पनि थिए। यस कार्यक्रममा लुवेन नेपालको तर्फबाट नवराज थापा र Tshering Doma Soetewey तथा विश्व मगर संघ बेल्जियमको तर्फबाट गंगा राना, अनीशा राना र कृतिका मगरद्वारा खादा, टिका, फोटो तथा म्युजिकको लागि सहयोग गरेका थिए।

यस कार्यक्रमको थप फोटोको लागि यहाँ क्लिक गर्नुहोस। 

नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल

Leave a comment

Your email address will not be published.

*