ताजा समाचार

भुकम्प पिडित राहत सहयोगार्थ विश्व मगर संघ बेल्जियमको कार्यक्रम

11161695_10205538857704111_2387858197420102727_o

यहि २५ अप्रिल २०१५ का दिन गएको माहाभुकंपबाट नेपाल र नेपालीले भोग्नु परेको महाविपत्ति र यो अवस्थामा ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तिहरुमा हार्दिक स्रदान्जली अर्पण गर्दै तथा घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना सहित सम्पूर्ण घाइते तथा बिस्थापितहरुको उद्दारको लागि सबैले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गरौ भन्ने मनसाय सहित विश्व मगर संघ बेल्जियमले स्टाड लुभेनवाट प्राप्त अनुमति पत्र अनुसार बिभिन्न सहयोग कार्यक्रम संचालन गरिने निर्णय गरियोl

कार्यक्रमहरु

१ कुकीज तथा केक बिक्रि गर्ने मे २ देखि १४ तारिक सम्म मुल्य १ यूरो l

२ विश्व मगर संघ बेल्जियमको आधिकारिक पत्र सहित स्टाड लुभेनले अनुमति दिएको straat हरुमा नेपाली राष्ट्रिय झन्डा सहित आर्थिक संकलन गर्ने

३ लुभेनमा मे २ देखि मे ९ सम्म मगर संघ बेल्जियमको सदस्यहरुको स्वामित्व रहेको ८ वटा रेस्टुरेन्टहरु, एक दिनमा एउटा रेस्टुरेन्ट १०० प्रतिशत व्यापार संघको खातामा जानेगरी संघद्वारा संचालन गर्ने र सबै सदस्यहरुले स्वयम् सेवकको रुपमा काम गर्ने तथा इन्सुरेन्स लगायत कानुनी प्रक्रियाहरु संघ मार्फत मिलाउने निर्णय गरियो l

४ प्रोभिन्स हाउस लुभेन, स्थानीय राजनैतिक पार्टीहरु,रेडियो २,रोब टिभी,साल्सा फ्लास, स्टुडेन्ट ओर्गनाइजेसनस ,कपोएरा ग्रुप,जुम्बा ग्रुप,तान्गो ग्रुप, oude markt vzw , आक्ली भलान्दरण, ओपन स्कुल, तुनेल भिर ग्रुप आदिले मे २ देखि ९ सम्मको कार्यक्रममा सक्दो प्रचार तथा सहयोग गर्ने आस्वाशन दिएको हुँदा आधिकारिक पत्राचार गर्ने निर्णय गरियो l

५ हिमालयन प्रोजेक्टसंग सहकार्य गर्ने निर्णय गरियो l

६ लुभेन बाहिर रहेको मगर सदस्यहरुको स्वामित्व रहेको व्यवसायीहरु तथा सम्पूर्ण सदस्यहरु र इच्छुक महानुभावहरुसंग छलफल गर्दै मगर संघले एकमुस्ट रकम संकलन गर्ने र आफ्नै तरिकाले वितरण गर्ने निर्णय गरियो l

कुल मगर

महासचिव

मगर संघ बेल्जियम

Leave a comment

Your email address will not be published.

*