ताजा समाचार

भव्य रुपमा सम्पन्न भयो एन आर एन महिला समिति बेल्जियमको ” च्यारिटेबल BBQ कार्यक्रम ”

 

DSC_8712© फोटो – Tshering Doma Soetewey / Leuven Nepal

भव्य रुपमा सम्पन्न भयो एन आर एन महिला समिति बेल्जियमको ” च्यारिटेबल BBQ कार्यक्रम ”

१९ जुलाई २०१५ आइतबारको दिन केस्सेल लोको कासाब्लान्का पार्कमा एन आर एन महिला समिति बेल्जियमद्वारा आयोजित ” च्यारिटेबल BBQ कार्यक्रम ” भव्य रुपले सम्पन्न भएको छ। करिब २०० जना नेपालीहरुको उपस्तिथी रहेको यस कार्यक्रमको संचालन एन आर एन महिला समिति बेल्जियमका संयोजक यसोदा थापाले गर्नुभएको थियो। एन आर एन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ ज्यूको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सपिला राजभण्डारी हुनुहुन्थ्यो।

यस अघि पनि एन आर एन महिला समिति बेल्जियमले नेपालमा महिलाहरुको आङ खस्ने समस्याका लागि केहि सहयोग पु-र्याइ सकेका छन् र यस पटक भने भुकम्प पीडित महिलाहरुलाई लक्षित गरि ” च्यारिटेबल BBQ कार्यक्रम ” बाट बचत रकम संकलन गरि सहयोग गर्ने भनि बताएका छन्। यस ” च्यारिटेबल BBQ कार्यक्रम ” का निम्ती GO Fresh का पास्कल, Dunyung, Rara BVBA का कृष्ण खतिवडा (आन्त्वेर्पेन), Orca Fish ले प्रायोजन गरेका थिए तथा अर्जुन कुमार श्रेष्ठ, सी पी भट्ट, बिनोद धिताल, खड्क के.सि., सानु गुरुङ (लिला दिदि) लगायतले सहयोग स्वरूप रकम प्रदान गरेका थिए।
नेपालमय बनेको यस कार्यक्रम स्थलमा एकातिर एन आर एन बेल्जियमको आउँदो चुनावले माहौल तताएको थियो भने अर्को तिर BBQको मजा संगै डी.जे. म्युजिकमा नाच्न मस्त थिए।

नवराज थापा
लुवेन नेपाल ( Leuven Nepal )

Leave a comment

Your email address will not be published.

*