ताजा समाचार

ब्यवसायिले गर्नुपर्ने बिमा, कार बिमा (Europees aanrijdingsformulier-EAF) लगाएत अन्य बिमा सम्बन्धि तालिम लुवेनमा हुने बारे सूचना

नेपाली व्यवसायी संध बेल्जियमको आयोजना र सांग्रीला समाज बेल्जियमको संम्योजकत्वमा तपाई हाम्रो शहर लुवेनमा हामी सवैले अनिवार्य रुपमा गर्नुपर्ने बिमा, स्वेच्छिक् बिमा, ब्यवसायिले गर्नुपर्ने बिमा, जीवन बिमा, कार बिमा ( दुर्घटना भएमा Europees aanrijdingsformulier-EAF) कसरि भर्ने जस्ता बिमा सम्बन्धि आवश्यक पर्ने सबै विषयमा सबैलाई जानकारी होस् भन्ने उद्देश्यले बिमा बिज्ञ द्वारा तालिम (अन्तरक्रिया) देहाय बमोजिम हुने भएकोले उपस्थितिको लागि सबै नेपाली दाजुभाई तथा दिदीबहीनिहरुलाई अनुरोध गरिन्छ ।

मिति:- ०६ फेब्रुअरी २०१७ ( सोमबार )
समय:- दिनको १२:०० बजे
स्थान:- रेस्टुरेण्ट कालिप्ता (पहिलो तल्ला)
Parijsstraat – 21, 3000 Leuven

आयोजक:- नेपाली व्यवसायी संध बेल्जियम र साँग्रीला समाज बेल्जियम

Leave a comment

Your email address will not be published.

*