ताजा समाचार

परिचय, सदभाव, सहकार्य जस्ता नेटवर्किंग कार्यक्रम लुवेनमा सम्पन्न

DSC_7270  DSC_7301

 

© फोटो – Tshering Doma Soetewey / लुवेन नेपाल

परिचय, सदभाव, सहकार्य जस्ता नेटवर्किंग कार्यक्रम लुवेनमा सम्पन्न

गत शनिबार जुन २० तारिखको दिन लुवेन सहरको Twee Bronnen मा स्टाड लुवेन र Derdewereldraad को सहकार्यमा ” Zet je op de kaart ! Netwerkevenement Noord-Zuid in Leuven ” नामक कार्यक्रमको आयोजना भएको थियो। बेल्जियनहरुको संस्था (जो एसिया, अफ्रिका तथा साउथ अमेरिकाको सहयोगको लागि काम गर्दछ) र विभिन्न देशका संस्थाहरुसंग परिचय, एकआपसमा सदभाव, सुझाव तथा संस्थासंगै देशको उन्नतिको लागि सहकार्य जस्ता उदेश्य लिएर भएको यस कार्यक्रमका प्रमुख अतिथि लुवेन सहरको संस्कृति – बिबिधता मामिलाका डेनिस भान डे भॊर्त थिए।

लुवेनमा निकै धेरै नेपाली संघ संस्था भए पनि मात्र इन्द्र धनुष क्लबका अध्यक्ष सुर्य ढकाल तथा लुवेन नेपालको तर्फबाट Tshering Doma Soetewey ले आफ्नो सहभागिता जनाउनु भएको थियो। यस कार्यक्रममा अन्य देशका संस्था तथा बेल्जियन संस्थाको उपस्तिथी थियो।

  DSC_7278  DSC_7291  DSC_7292

 

© फोटो – Tshering Doma Soetewey / लुवेन नेपाल

Derdewereldraad के हो ?
यो लुवेन स्थित संस्था हो जसले बिकासको लागि साझेदारी, तेस्रो मुलुकका नीति तथा समस्या सम्बन्धि सल्लाह दिने गर्दछ।

नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल

Leave a comment

Your email address will not be published.

*