ताजा समाचार

नेपाली झण्डा र डोको बोकी बेल्जियमका नागरिक योहान स्कोट्स नेपालको लागि दौड्ने

Johan  Johan doko 1-2

© फोटो – Nawraj Thapa/ Leuven Nepal & Johan Schots

नेपाली झण्डा र डोको बोकी बेल्जियमका नागरिक योहान स्कोट्स नेपालको लागि दौड्ने

३१ मे २०१५ आइतबारको दिन बिहान १० बजे ब्रुस्सेलको जुबेल पार्कबाट सुरु हुने यस ” 20 km door Brussel 2015 ” दौड प्रतियोगितामा बेल्जियमका नागरिक योहान स्कोट्स नेपालको लागि समर्पित गर्दै नेपाली झण्डा र डोको बोकी २० किलोमीटर दौड्ने भएका छन। उनले यस दौडमा आफुले उठाएको पैसा नेपालका भूकम्प पिडीतलाई दिनेछन । यदि हजुर पनि यस परोपकारी काममा उनलाई स्पोन्सर गर्न चाहनुहुन्छ भने यस खातामा पैसा पठाई सहयोग गर्न सक्नुहुनेछ BE87 9731 3399 2194 (ARSPBE22 – Argenta) र उहालाई यस इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ solidarity.nepal.earthquake@gmail.com ।

योहान स्कोट्स को हुन् ?
बेल्जियमको Steenokkerzeel निवासी पेशाले brandweerman (अग्निनियन्त्रक) हुन। उनि धेरै चोटी नेपाल पुगिसकेका छन र बेल्जियमबाट तथा स्वयम् नेपाल पुगी नेपालीहरुलाई धेरै सहयोग गरेका छन। गत १७ मे २०१५ आइतबारको दिन १२० किलोमीटरको मोटरसाइकल टुर Kessel-Lo को School De Ark 3 मा योहान स्कोट्सले बेल्जियमको टेलीभीजन च्यानलका प्रस्तोता Ben Roelants र Dirk Cludts संग मिलेर भूकम्प पिडीत सहयोगार्थ “Bikers For Nepal″ को आयोजना पनि गरेका थिए।

” 20 km door Brussel 2015 ” दौड प्रतियोगिता हरेक बर्ष ब्रुस्सेलमा आयोजना हुने गर्दछ। १२ बर्ष भन्दा माथिकाले यस प्रतियोगितामा भाग लिन पाउँदछन।

नवराज थापा
सूचनाको लागि – लुवेन नेपाल / Leuven Nepal

Leave a comment

Your email address will not be published.

*