ताजा समाचार

एन आर एन बेल्जियमको महिला समितिको च्यारिटेबल BBQ जुलाई १९ Kessel-Lo मा हुने

NRN NCC Belgium

एन आर एन बेल्जियमको महिला समितिको च्यारिटेबल BBQ जुलाई १९ Kessel-Lo मा हुने

प्राकृतिक प्रकोप भुकम्प, बाढी, पहिरोले गर्दा नेपालमा लाखौ मानिसहरु घरबार बिहिन भएका छन भने हजारौ निर्दोष मानिसहरुले आफ्नो ज्यान गुमाएका छन। यसै क्रममा बिदेशमा बस्ने नेपालीहरु पनि विपदको घडीमा रहेको आफ्नो मातृभूमि नेपाल तथा नेपालीहरुलाई जति सक्दो सहयोग गर्न आफ्नो कम्मर कसी लागि परेका छन। केहि समय अघि महिलाहरुको आङ खस्ने समस्याका लागि केहि सहयोग नेपाल पु-र्याइ सकेको बेल्जियम स्थित एन आर एन बेल्जियमको महिला समितिले च्यारिटेबल BBQ जुलाई १९ आइतबार Kessel-Lo को Cassablanca Park मा आयोजना गर्दैछ। यस च्यारिटेबल BBQ बाट बचत रकम संकलन गरी भुकम्प पीडित महिलाहरुलाई सहयोग गर्नेछ।
तसर्थ यस परोपकारी कार्यलाई प्रोत्साहन दिन हुनको लागि बेल्जियम स्थित सम्पूर्ण संघ संस्था तथा समुदायका महानुभाबहरुमा सहभागिताको लागि हार्दिक अनुरोध एन आर एन बेल्जियमको महिला समितिले गरेको छ।

Sunday 19 July 2015
शुल्क : 10 € (BBQ सहित)
समय : दिउसो १२ बजे देखि
स्थान :Cassablanca Park, Kessel-Lo

नवराज थापा

सूचनाको लागि – लुवेन नेपाल

Leave a comment

Your email address will not be published.

*