ताजा समाचार

आदिवासी जनजाति महासंघ बेल्जियमको बिशेष कार्यक्रम आइतबार ९ अगस्ट मा हुने

आदिवासी

आदिवासी जनजाति महासंघ बेल्जियमको बिशेष कार्यक्रम आइतबार ९ अगस्ट मा हुने

” सम्पूर्ण बिश्वका आदिबासी एक हौ ” भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै एक बिशेष किसिमको कार्यक्रम यहाँहरु माझमा पस्कदै छौ । सम्पूर्ण बेल्जियमबासी नेपालीहरुमा बिशेष अनुरोध गर्न चाहन्छ, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमले एउटा नयाँ, नौलो साथै पृथक खालको कार्यक्रममा दिदै छौ यस किसिमको कार्यक्रममा उपस्थिति भई शोभा बढाई दिनुहुन्छ भन्ने पूर्ण आशाबादी छौ । हामी ठिक समयमा मै यस कार्यक्रमको सुरुवात गरि सकेसम्म छोटो साथै बेग्लै ढंगले मिठो आभाष दिलाउने हाम्रो यस कार्यक्रमको मूल प्रयत्न रहने छ । ILO १६९ को महासन्धिलाई आधार मानेर मनाउदै आएको यो २१ औ बिश्वो आदिबासी दिबस यस बेल्जियमको भूमिमा पनि मनाउने जमर्को गरेका छौ । नेपालको आदिबासीहरुको रितिरिवाज, संस्कार, पर्ब, चिनारी आदि आदि सबैलाई निरन्तरता दिदै एउटा अमिट छाप दिने यस कार्यक्रमले प्रमाणित गर्ने छ भन्ने हामी विश्वासका साथ आभास दिलाउन चाहन्छौ । धन्यवाद !!!

कार्यक्रम मिति : आइतबार ९ अगस्ट २०१५
आयोजक
नेपाल आदिवासी जनजाति महासंघ बेल्जियम
समय : १३:०० बजे
कार्यक्रम हुने स्थान : Ons Huis Goudsbloemstraat 28, 3000 Leuven

 

नवराज थापा
सूचनाको लागि लुवेन नेपाल ( Leuven Nepal )

 

 

Leave a comment

Your email address will not be published.

*